Official notice
Published for students, parents, and staff. For questions, contact the college office.
विषय : बस र भ्यान (Maxi Van) भाडाको लागि खामबन्दी बोलपत्र पेश गर्ने बारे।
प्रस्तुत विषयमा यस विद्यालयको विद्यार्थीहरुको यातायात सुविधाको लागि तपशिल अनुसार सवारी साधनहरुको आवश्यकता रहेकोले इच्छुक दर्ता कम्पनी वा व्यक्तिले सूचना मितिले ७ (सात) दिन भित्र मिति २०८३/०२/०१ गते बिहान १२ बजे सम्म विद्यालयबाट फारम खरिद गरी खामबन्दी बोलपत्र पेश गर्न सम्बन्धित जानकारी गराइन्छ।
तपशिल
बस (२ थान)
सिट क्षमता बसको रुट चालक इन्धन समय अधिकतम भाडा रकम
३१ सिटर गोलबजार–बेंगा सवारी धनी सवारी धनी विद्यालयको समय अनुसार रु. ८५०० (आठ हजार पाँच सय मात्र) प्रति दिन
३१ सिटर विष्णुपुर निचरा सवारी धनी सवारी धनी विद्यालयको समय अनुसार रु. ७५०० (सात हजार पाँच सय मात्र) प्रति दिन
भ्यान BS 6 वा EV VAN (१ थान)
सिट क्षमता भ्यानको अवस्था चालक इन्धन समय अधिकतम भाडा रकम
१४ सिटर बल्कवा पानबारी सवारी धनी सवारी धनी विद्यालयको समय अनुसार रु. ५००० (पाँच हजार मात्र) प्रति दिन
नोट :
फर्म वा कम्पनीको दर्ता प्रमाण-पत्र
कर चुक्ता गरेको प्रमाण-पत्र
व्यक्तिको हकमा नागरिकता प्रमाण-पत्र
चालक अनुमति पत्र
सवारी धनी प्रमाण-पत्र
Email : publicschoolchandralalpur@gmail.com
Mobile No. : 9852823079, 9852834072
